पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ, ११ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिर पुगेको स्वीकार गरेका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले उमेरका हिसाबले उत्तरार्धतिर भए पनि सक्रियता जेनजीभन्दा कम नभएको बताएका हुन् ।

‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम छैनौं।

‘प्रचण्डले भने, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय भूमिका पूरा गर्न चाहन्छौं । जेनजी युवाहरूको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं।’

साथै प्रचण्डले आफूलाई पदमा लिप्त भएर बस्ने व्यक्तिका रूपमा नबुझ्न पनि आग्रह गरे । ‘यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भनेर आरोप गरिन्छ। हामी पद भइराख्नुपर्छ भन्ने छैन । सक्रिय राजनीति गर्ने वातावरण बन्यो भने पद ठूलो होइन,’ प्रचण्डले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *