पूर्वसांसद गंगा थारु चौधरी

दाङ, १२ मंसिर–दाङ जिल्लाको राप्ती गाउँपालिका–७ मा पूर्वसांसद गंगा थारु चौधरी स्थानीय महिलाको कुटपिटमा परेकी छन्।

आफ्नै गाउँमा बाटो तथा जग्गा सिमाना सम्बन्धी विवाद समाधान गर्न पुगेकी थारु छलफलकै बीच झगडा चर्कँदा आक्रमणमा परेकी हुन्।

स्रोतका अनुसार, विवादको विषयमा एक महिलासँग तीव्र वादविवाद भएपछि अन्य महिलाहरू समेत समूहमा लागेर उनलाई लछारपछार गर्दै कुटपिट गरेका थिए।

राजावादी आन्दोलनमा सक्रिय हुँदै आएकी गंगा थारुले आफू माथिको आक्रमण योजनाबद्ध भएको दाबी गरेकी छिन्।

उनले भनेका छन् स्कुटपिटमा माओवादी कार्यकर्ताको संलग्नता छ आक्रमणका क्रममा आफूलाई घुँडामा चोट लागेको पहिरनमा रहेको मंगलसूत्र लुटिएको थारु घटनापछि आक्रोशित हुँदै कानुनी कारबाहीका लागि उजुरी दर्ता गर्ने तयारीमा छिन्।

इलाका प्रहरीका अनुसार घटनाबारे दुवै पक्षले उजुरी दिएका छन्।प्रहरी टोली गाउँ पुगेको छ र घटना कसरी सुरु भयो, कस–कसको संलग्नता छ भन्नेबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
साभारः नेपाली अनलाईनबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *