क्याम्पा बजार (कमल), १२ मंसिर–झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा अवस्थित कमला मदन आश्रित स्मृति विद्यालयमा आज आँखा परिक्षण तथा भिजन स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

विद्यार्थी स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कमल गाउँपालिका संरक्षक अभिभावक, कमल नगर अस्पतालको आयोजनामा र मेची आँखा अस्पताल, विर्तामोडका विशेषज्ञ डाक्टरसहितको प्राविधिक सहयोगमा कमला मदन आश्रित स्मृति विद्यालयमा आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।

विद्यालय स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत मंसिर १० गते बुधबारबाट कमल–२ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा आँखा परीक्षण तथा भिजन स्क्रिनिङ शिविर सञ्चालनमा आएको हो ।

शुक्रबार, क्याम्पास्थित कमला मदन आश्रित स्मृसित विद्यालयमा आयोजित आँखा शिविरमा ३ सय ६९ जना विद्यार्थीहरुले आँखा परिक्षण गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालका अनुसार शिविरमा ११ जना विद्यार्थीहरुको आँखासम्बन्धि पावर टेष्ट गरिनुका साथै उनिहरुलाई चश्मा प्रयोग गर्नुपर्ने अवस्था देखिउको र ४ जना विद्यार्थीलाई थप उपचारका लागि मेची आँखा अस्पतालमा पठाइने भएको छ ।

कमल नगर अस्पतालका प्रमुख दीपककुमार दाहालका अनुसार आँखाको हेरचार, आँखाको महत्व र यससम्बन्धि उपचारका बारेमा आमनागरिकलाई संचेतना गराउन शिविर आयोजना गरिएको हो ।

अस्पताल प्रमुख दाहालले प्रष्ट देख्न नसक्नु, धमिलो देखिनु, बारम्बार आँखाबाट पानी आउनु आँखामा समस्या भएको भन्ने बुझ्न जरुरी रहेको बताउनुभयो ।

विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालका अनुसार यसअघि विद्यालयमा मुख तथा दाँतसम्बन्धि एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । प्रअ दाहालले आगामी दिनमा विद्यार्थी स्वास्थ्य सुरक्षाअन्तर्गत अन्य कार्यक्रमहरु ल्याइने बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *