डुडामारी (शिबसताक्षी), १३ मंसिर–जनआस्था बचत तथा ऋण सहकारी संस्थाको आगामी चार वर्षे कार्याकालका लागि गोपाल कुवँरलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

आज (शनिबार) शिबसताक्षी–१ डुडामारीस्थित भगवती आधारभूत विद्यालयमा आयोजित चुनवाी अधिवेशनसहितको १९औं वार्षिक साधारणसभाबाट कुवँरलाई जनआस्था सहकारी संंस्थाको अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित कुवँर यसअघि उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा सन्त आङदम्बे, सचिवमा सन्दिर भण्डारी निर्वाचित भएका छन् भने सदस्यमा पूर्णमाया श्रेष्ठ, बहादुरसिंह शेर्मा, भीमकुमारी खड्का कुवँर, पदमकेशर श्रेष्ठ, गुमानसिंह ढुंङ्गाना र ठाकुरसिंह शेर्मा छन् ।

त्यस्तैं, सन्तोष खत्री संयोजक रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रिता कोइराला बुढाथोकी र टेकबहादुर थापा मगर निर्वाचित भएका छन् ।

सहकारी संस्थाका अध्यक्ष जयश्वोर आङ्दम्बेको अध्यक्षतामा र शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउवादेन लिम्बूको प्रमुख आतिथ्यतामा सातौ अधिवेशन तथा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सोही अवसरमा आर्थिक वर्ष २०८१।०८२ मा विभिन्न विद्यागततर्फ कारोबार गर्ने शेयर सदस्यहरुबाट उत्कृष्ट कारोबार गर्नेहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरु संस्थाका शेयर सदस्यहरुमा असल निक्षेपकर्ता नानूमाया गुरुङ (शिबसताक्षी–८), जनआस्था पुरस्कारतर्फ सरिता घोर्साने (शिबसताक्षी–८), जेष्ठ सदस्यतर्प पुरुषमा तेजवहादुर निरौला (शिबसताक्षी–८), जेष्ठ सदस्यतर्फ महिलामा मिठु लिम्बू (शिबसताक्षी–८) र बाल बचततर्फ डिना राई (शिबसताक्षी–८) लाई प्रमुख अतिथि फेउवादेन र सहकारी संस्थाका अध्यक्ष आङ्दम्बेले दोसल्ला ओढाउनुका साथ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सातौ अधिवेशन तथा १९औं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष आङ्दम्बेले आर्थिक वर्ष २०८१।०८२ को प्रगति तथा आगामी आर्थिक वर्ष २०८२।०८३ मा समावेश गरिएका योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तैं, लेखा सुपरिवेक्षण समितिका संयोजक सन्तोष खत्रीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६३ सालमा स्थापना भएको सहकारी संस्थामा पुरुष सदस्यको संख्या २२६ र महिला सदस्यको संख्या २४९ जना छन् ।

उपाध्यक्ष गोपाल कुवँरले स्वागत र सचिव गंगा ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, व्यापारी तथा व्यवसायीहरु, विद्यालयका शिक्षक तथा शिक्षिकाहरु, सञ्चालरकर्मीहरु र सदस्यहरुको उपस्थिति थियो ।

बन्दसत्रमा जसकुमार तामाङ, पूर्व व्यवस्थापक खेम उप्रेती लगायतले प्रतिवेदनमाथि आ–आफ्ना राय र सुझावहरु राखेका थिए । बन्द सत्रमा राजीव घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

त्यस्तै, संस्थाका पुर्व अध्यक्ष पदम भण्डारी, जीतेन्द्रराज चेम्जोङ, खनिमाया श्रेष्ठ, पत्रकार गोविन ल्वागुन, नरेन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *