धरमपुर, १२ मंसिर–यहाँको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा आज एक कार्यक्रमबीच व्यवस्थापन समिति गठन गरिएको छ ।
शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका निरज राईको अध्यक्षतामा शुक्रबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा मनबहादुर विश्वकर्म, सरिता खड्का, लीलाबादुर चेम्जोङ, संगीता लिम्बू, तारा लिम्बू छन् ।
विद्यालयका प्रधानध्यापक खगेन्द्र लम्जेलले शिबसताक्षी नगरपालिका शिक्षा ऐन २०७६ बमोजिम समिति गठन गरिएको बताउनुभयो ।
विद्यालयमा आयोजित अभिभावक मेलामा विद्यालयका अभिभावकहरु, पूर्व विद्यार्थीहरु, शिक्षक तथा शिक्षिकाहरु, कर्मचारीहरु, विद्यार्थीहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा समिति पुनगर्ठन प्रकृया गरिएको प्रअ लम्जेलले जानकारी दिनुभयो ।
