दमक, १३ मंसिर–काठमाडौंको सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा मंसीर १५ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुनका लागि दमक तेक्वान्दो डोजाङका खेलाडीहरुलाई आज बिदाई गरिएको छ ।

नेपालसहित अन्तराष्ट्रिय स्तरका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाउने १३औं कोरियन एम्बेसडर इन्टल ओपन च्याम्पियनसीप प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका १० जना खेलाडीहरु सहभागित जनाउने छन् ।

शनिबार, काठमाण्डौतर्फ प्रस्थान गर्नुअघि दमक तेक्वान्दो डोजाङले एक कार्यक्रमबीच खेलाडीहरुलाई खादा तथा अविर लगाएर बिदाई गरिएको छ । खेलाडीहरुको टोलीमा प्रशिक्षकद्धय प्रतिमा तामाङ र आयुस धिमाल संलग्न छन् ।

दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालका अनुसार १० देखि १६ वर्षसम्मका सहभागि ४ महिलासहित १० जना खेलाडीहरु प्रतियोगिताको पुम्से र फाइटिङतर्फ प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिता काठमाडौंको सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा मंसीर १५ देखि १९ सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा नेपालसहित अन्तराष्ट्रिय स्तरका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *