ईश्वर पोखरेल

काठमाडौं, १४ मंसिर–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन्।

भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै पोखरेलले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउने बताएका हुन्।

‘एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरण कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ। यी काम गर्दै मुलुकमा समृद्धिको एउट अभियानलाई अगाडि बढाउन चाहन्छ,’ उनले सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘यो ११ औं राष्ट्रिय महाधिवेशन यो काममा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकोस् यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धालाई हामीहरू अगाडि बढाउन चाहन्छौं। यो महाधिवेशनमा यी कामहरू गर्न सकौं।’

पोखरेलले यो महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने यसअघि नै बताइसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *