दमक, १४ मंसिर–रोटरी क्लब अफ दमकले आज विहान दमकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
आफ्नो १५औं स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ दमकले आइतबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्र्टोरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । कार्यक्रममा दमक रोटरीयनसहित सामाजिक अगुवाहरु, व्यवसायीहरु, विद्यार्थीहरु, जनपथ तथा ट्राफिक प्रहरीहरुसहित सर्वसाधारणले उत्साहजन सहभागिता जनाएका थिए ।

त्यस्तैं, सोही अवसरवीच इलाका प्रहरी कार्यलय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय प्रयोजनका लागि एक–एक थान अफिसियल टेवल र एक–एक थान कुर्सी हस्तान्त्रण गरिएको छ । सो सामाग्री कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईको उपस्थितिमा हस्तान्त्रण गरिएको छ ।
कार्यक्रममा फर्निचरका सामाग्रीहरु इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी किशोर लम्साल र इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक बिजय राईले ग्रहण गर्नुभएको थियो ।
रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षतामा र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रोटरी क्लब अफ दमकका पुर्वअध्यक्ष नबीन श्रेष्ठ, लाइफ लाइन अस्पताल दमकका अध्यक्ष बालचन्द्र सुब्बा लगायतले १५औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको कार्यक्रम संयोजक शान्तिराम निरौलाले जानकारी दिनुभयो ।
त्यस्तै, दमक पब्लिक लाइबेरी अध्यक्ष अनु भण्डारी, दमक उद्योग बाणिज्य संघ अध्यक्ष गोपाल गुरागाई, पूर्वअध्यक्ष प्काश प्रसाई, रक्तसंचार विभाग प्रमुख सिदार्थ दाहाल, जीवनचक्र समाज नेपाल अध्यक्ष गणेशप्रसाद गौतम, पहिलो पाइला नेपाल अध्यक्ष गोविन्द (राजु) निरौला, रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष सन्दिप चापागाई दिपु, प्रेम पाण्डे, भरत चौलागाई, डा लेखनाथ न्यौपाने, बिक्रम साहसहित सागर श्रेष्ठ, देबेन्द्र बराल, रमा लिम्बू, दीवाकर पाचकोटीलगायतको उपस्थिति थियो ।
सो कार्यक्रमलाई रोटरी क्लब अफ दमककी अम्बिका न्यौपानेले गर्नुभएको थियो भने अध्यक्ष अग्रवालले रक्तदाताहरु र प्राविधिक सहयोग गर्ने दमक रेडक्रस सोसाइटी रक्तसंचार विभागका कर्मचारी, सहभागिहरुलाई धन्यवादसहित आभार व्यक्त गर्नुभयो ।

