दमक, १४ मंसिर—झापाको दमककी रिया अधिकारीले आज आफ्नो जन्मोत्सवमा गरिने फजुँल खर्चलाई सामाजिक सेवामा खर्चिएका छन् ।

दमक–२ खरखरेस्थित मानव सेवा आश्रममा पुगेर दमक–१ निवासी अधिकारीले जन्मदिन मनाएकी हुन् । सो अवसरमा अधिकारीले करिब ८ हजार रुपैयाँ बराबरको हिटर मानव सेवा आश्रमलाई हस्तान्तरण गरेकी छन्।

पहिलो पाइला नेपाल दमक शाखाको समन्वयमा गरिएको सामाग्री हस्तान्त्रण कार्यक्रममा अधिकारीका परिवार, पहिलो पाइला नेपालका अध्यक्ष राजु निरौलासहित विभिन्न व्याक्तित्वहरुको सहभागिता थियो । सहयोग हस्तान्त्रणअघि अधिकारीले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सकारात्मक कार्यमा खर्चिएको बताईन् ।

कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, केन्द्रीय सह–कोशाध्यक्ष दिवस खतिवडा, आश्रमकी उपाध्यक्ष बिना थापा, सञ्चालक सुमन श्रेष्ठ तथा रिया अधिकारीका श्रीमान् सुदीप पौडेलले जन्मदिनमा शुभकामना व्यक्त गरेका थिए ।

मानव सेवा आश्रममा २८ जनालाई हेरचारसहित संरक्षण दिइरहेको आश्रमले जनाएको छ । आश्रमका सञ्चालक सुमन श्रेष्ठले मनकारी दाताहरुको साथ र सहयोगले आश्रम सञ्चालन गर्न मद्यत पुगेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *