झिलझिले, १४ मंसिर–अरुणोदय आधारभूत विद्यालयले आइतबार ४१औं वार्षिकोत्सवमा अक्षयकोष निर्माणकर्ता र मनकारी दाताहरुलाई सम्मान गरेको छ । सोही अवसरमा विद्यालय परिसरमा निर्माणधिन अवस्थामा रहेको प्रतिक्षालय कक्षकोसमेत उद्घाटन गरिएको छ ।
शिबसताक्षी–८ सम्झाना चोकदक्षिणमा सञ्चालित अरुणोदय आधारभूत विद्यालयमा आइतबार आयोजित वार्षिकोत्सव तथा दाताहरु सम्मान कार्यक्रममा नगर प्रमुख मेघाहाङ थोप्रा र प्रमुख प्रशासकीय अधिकृत सूनिता तुम्बाहाङ्फे, शिबसताक्षी–८ को वडाध्यक्ष सन्त फेउदेन र प्रधानध्यापिका ताराकुमारी लावोतीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
विद्यालयमा आगान्तुक पाहुना तथा अभिभावकहरुका लागि प्रतिक्षालयको अभाव भएपछि दमक निवासी व्यवसायी अमित अग्रवालले फलामे ट्रष्टसहितको व्यवस्थित प्रतिक्षालय निर्माण गरिदिनुभएको छ । निर्माणधिन अवस्थामा रहेको प्रतिक्षालय कक्षको आजै नगर प्रमुख थोप्रा, निर्माणकर्ता अग्रवाल, प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङफेले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावोतीले विद्यालय स्थापनाकालदेखि हालसम्म जोडिएका इतिहास, उपलब्धी, प्रगति, आगामी योजनाका बारेमा सचित्र प्रस्तुत गर्नुभएको थियो ।
प्रधानाध्यापक लावोतीले विद्यालयमा शैक्षिक सुधार र गुणस्तरीयता, पठनपाठनसम्बन्धि वातबरण निर्माणमा वडा कार्यालय, अभिभावकहरु, शिक्षक शिक्षिकाहरुवीचमा सहकार्य र सहभागिताका बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थिायो ।
विद्यालयलाई आफ्ना श्रीमानको स्मृतिमा रु १ लाख ५० हजार रुपैयाको अक्षयकोष निर्माण गर्नुहुने शिबसताक्षी–८ की चन्द्रमाया लम्जेल, विद्यालयमा प्रतिक्षालय कक्ष निर्माणकर्ता दमक निवासी अमित अग्रवाल, शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदिन लिम्बू, ११ का वडाध्यक्ष बहादुर आङ्गबो, ८ नम्बर वडा सचिव पुष्प पाण्डे, विद्यालयका पूर्व विद्यार्थी तथा झिलझिलेका व्यवसायी हरिसंकर सिलवालसहित एक दर्जन मनकारी दाताहरुलाई सम्मानपत्र हस्तान्त्रण गरिएको छ ।

विद्यालयकी प्रधानाध्यापक लावतीले गुणस्तरीय शिक्षा, पूर्वाधार निर्माण तथा भौतिक पूर्वाधार सुधार र विद्यार्थीहरुको पठनपाठनमा विशेष योजना छिट्टै ल्याउनुपर्ने बताउनुभयो । त्यस्तैं, कार्यक्रममा प्रधानाध्यापक लावोतीले विद्यालय सञ्चाल, व्यवस्थापन लगायतका बारेमा विशेष योजना ल्याइने जोड दिनुभयो ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष मदन विश्वकर्मको अध्यक्षतामा नगर प्रमुख थोप्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयको ४१औं वार्षिकोत्सवमा प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोप्राले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारतर्फ जानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, शिबसताक्षी–८ वडाध्यष फेउदेन, प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङ्फे, व्यवसायी झमक गौतम, झिलझिले माध्यमिक विद्यालयका प्रधानध्यापक, सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक देबीबहादुर कार्की, नेपाल शिक्षक शिबसताक्ष नगर अध्यक्ष तथा बालसेवा आधारभूत विद्यालय शिबसताक्षी–७ का प्रधानन्यापक वेणुप्रसाद कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रमलाई विद्यालयका शिक्षिका गंगामाया ढकालले स्वागत मन्तव्य र शिक्षिका निलु लिम्बू राईले सञ्चालन गर्नुभएको थियो ।
