दमक, १६ मंसिर–झापाको दमक–२ भाङबारीस्थित ‘चुम्लुङ यक’मा मंसिर १७ र १८ गते चासोक तङ्नाम मनाइने भएको छ ।

किरात याक्थुम चुम्लुङ दमक नगर समितिले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित लिम्बू संस्कृति र मौलिक महिचान झल्काउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

दमक–२ भाङबारीस्थित स्थानीय एक दाताले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा किरात याक्थुम चुम्लुङ दमक नगर समितिले चुम्लुङ यक निर्माण गरेको छ । सोही, चुम्लुङ यकमा याक्थुम चुम्लुङ दमकले पििहलो पटक चासोक तङ्नाम मनाउने भएको हो ।

चुम्लुङ दमक नगर समितिका अध्यक्ष देबेन्द्र मावोहाङ चेम्जोङले दुई दिने कार्यक्रमको तयारी अन्तिम चरण्मा पुगेको जानकारी दिनुभयो । अध्यक्ष चेम्जोङका अनुसार नयाँस्थानमा कार्यक्रम सम्पन्न गर्न सरसफाई, जमिन सम्याउने, मौलिक घर तथा टहरा निर्माण, सौचालय, पिउने पानी, सवारी साधान पार्किङ, मञ्च निर्माण, सजिसजावट गर्ने कामहरु पुरा भएको छ ।

दमक नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईको उपस्थितीमा चासोक तङ्दाम मनाइने अध्यक्ष चेम्जोङले बताउनुभयो । दुई दिने चासोक तङनाम कार्यक्रम स्थलमा व्यापारिक स्टलहरु, मनोरञ्जनात्मक खेल तामासाहरु समावेश गरिएको छ ।

अध्यक्ष चेम्जोङले चासोक तङ्नामलाई भब्य र सभ्य बनाउन याक्थुम चुम्लुङ दमक नगर समितिले स्वयसेवक उपसमिति बनाएको छ भने इलाका प्रहरी कार्यालय दमकसंग शान्ति सुरक्षाका लागि सहयोग माग गरिएको बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित ८ लाख खर्च हुने अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो । सो रुपैयाँ चुम्लु्ङ नगर समितिले कार्यसमिति सदस्यहरु, आजिवन सदस्यहरु, चुम्लुङका सदस्यहरु र अन्य इच्छुक दाताहरुसंग सङ्कलन गरिने चेम्जोङले बताउनुभयो ।

यसअघि, याक्थुम चुम्लुङ दमक नगर समितिले दमक–७ पशुहाट बजार नजिकै किरात भवनमा चासोक तङ्नाम मनाउँदै गरिएको थियो । अघिल्लो वर्ष दमक र कमलको संयुक्त आयोजनामा चासोक तङनाम मनाइएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *