काठमाडौँ, १६ मंसिर–नेकपा (संयुक्त) ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताए।

मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै उनले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।

उनले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न मागसहित जेनजी आन्दोलन भएको त्यसको भावनाअनुरुप ठूला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गरे।

पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरूले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवबाहक अध्यक्ष भुसालले घुस नखानेहरूको पार्टी बनाउने त्यसमा सदाचारी र निष्ठावान सबै अटाउने प्रष्ट पारे।

नेकपा (संयुक्त) र एकीकृत समाजवादी पुनःगठन अभियानबीच एकता गरी सो पार्टी गठन गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *