पाडाजुङ्गी (कमल), १६ मंसिर–झापाको कमल–५ टोपी डाँडामा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको छ ।

टोपी डाँडा युवा समूहको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ८ महिलासहित ४४ जनाले रगतदान गरेका थिए ।

रक्तदानमा राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारी, टोपी डाँडा समूहका अध्यक्ष महेश खतिवडा, सामाजिक अगुवाहरु लक्ष्मी खतिवडा, गोविन्द तिवारी, कुमार खतिवडा ,कार्यक्रम संयोजक पुरण भण्डारी लगायतले रगतदान गरेका छन् ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र वितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग तथा रेडक्रस लखनपुर उपशाखाको संयोजनमा रक्तदान भएको थियो । टोपीडाँडामा स्थानीय युवाहरुको सक्रियतामा क्लव स्थापना गरि पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा रेडक्रस लखनपुर उपशाखाका सभापति चन्द्र साह, रेडक्रस दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रका प्रर्वद्धक सिद्धार्थ दाहाल, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, जीवनचक्र समाजका अध्यक्ष गणेशप्रसाद (जीपी) गौतम लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *