ताप्लेजुङ, १९ मंसिर–नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ ।

आज (शुक्रबार) ताप्लेजुङमा पत्रकार सम्मलेनको आयोजना गरि नेकपा झापाले एकता सन्देश सभा गर्ने बारे जानकारी गराइएको हो ।

एकता सन्देश सभामा कार्यकर्ताको प्रशिक्षणमूलक भेला गरिने नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु हाङ्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार एकता सन्देश भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्व मन्त्री हरिवोल गजुरेल, केन्द्रीय नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केन्द्रीय नेता हर्क बहादुर नेम्बाङको उपस्थिति हुने छ ।

कार्यक्रम फुङलिङ बजारको होटल जन्नुइनको सभाहलमा बिहान ११ बजेबाट सञ्चालन हुने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टी विभिन्न दस वामपन्थी दल र अन्य समूहको एकताबाट गत कात्तिक १९ गते एकताको घोषणा भएको थियो ।

यो सँगै ताप्लेजुङमा पनि नेपाली कम्युनिष्ट पार्टीले सभा मार्फत एकताको सन्देश दिन लागेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *