शिबगञ्ज, १९ मंसिर– २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेवीका दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा निरन्तर सेवा गर्दै आएका चार जना स्वयम्सेवीकालाई सम्मान गरेको छ।

नगरको सभाहलमा आयोजित कार्यक्रममा लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा महिला–बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका स्वयम्सेवीकालाई नगद तथा सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानित हुनेमा कमला राई, भिष्मा राजवंशी, कल्पना सेर्मा र गीता माझी रहेका छन्। उनीहरूले आफ्नो स्थानीय क्षेत्रका स्वास्थ्य कार्यक्रम, नियमित भेटघाट, मातृ–शिशु स्वास्थ्य सेवा समन्वय तथा समुदायलाई आवश्यक स्वास्थ्य सन्देश पुर्‍याउँदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

कार्यक्रममा नगरउपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे र लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले स्वयम्सेवीकाहरूलाई सम्मानपत्र र नगद प्रदान गर्दै उनीहरूको योगदानलाई प्रशंसा गरेका थिए।

नगर नेतृत्वले स्वास्थ्य क्षेत्रमा स्वयम्सेवीकाको सक्रियता र समर्पणले समुदायलाई ठूलो फाइदा पुगेको भन्दै आगामी दिनमा पनि सेवाभाव निरन्तर रहने विश्वास व्यक्त गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *