नारायणकाजी श्रेष्ठ

काठमाडौं, २० मंसिर –नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई भ्रष्टाचारी र घुसखोरबाट मुक्त गरिनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा आयोजित पार्टीको मेधस प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी एकता गरेर मात्रै नहुने बताएका हुन्।

‘एकता गरेर मात्रै हुँदैन। सुदृढ र क्रान्तिकारी बनाउन, जनमुखी बनाउन र सुशासन समृद्धिको लक्ष्य हासिल गर्नका लागि हामीले बिधि पद्धतिमा पार्टी चलाउनुपर्छ,’ उनले भने।

उनले पार्टीभित्र कार्यकर्ताको न्यायोचित मूल्यांकन हुने सुनिश्चित गर्नुपर्ने पनि बताए।

‘स्वच्छ पार्टी बनाउनुपर्छ। भ्रष्टाचार गर्ने, घुस खाने नेपाली कम्युनिस्ट पार्टीमा छैनन् भन्ने स्थिति बनाउनुपर्छ। कुशासन वालाहरू, अराजकहरू हाम्रो पार्टीमा टिक्दैन भन्ने बनाउनुपर्छ’ उनले भने।

यसका लागि पार्टीलाई भ्रष्टिकरणबाट शुद्धीकरण गर्नुपर्ने उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *