केर्खा (कमल), १९ मंसिर–झापाको कमल–३ केर्खामा अवस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
केर्खामा मुख्य कार्यालय रहेको सहकारी संस्थाले गत मङंसिर ११ गतेदेखी उर्लावारी र मधुमल्ला सेवा केन्द्र सुरुगरेको इकाइगत साधारणसभा आज माईन्युट प्रमाणीकरण गरी सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाको अवसर पारेर सहकारी सस्थाले १५ बर्ष सेवागर्ने कर्मचारीलाई दीर्घसेवा पदक पुरष्कारबाट सम्मान गरेरको छ ।
यसरी सम्मानीत तथा पुरस्कृत हुने कर्मचारीहरुमा सहायक ब्यबस्थापक सोमलाल हेमरम र बरिष्ठ फिल्ड सहायक प्रथम प्रकास हेमरमलाई दिर्घसेवा पदक र सम्मान–पत्रद्वारा पुरष्कार गरिएको र बर्षको उत्कृष्ठ कर्मचारी बिधातर्फ फिल्ड सहायक ओमप्रकाश राजबंशीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट केन्द्र, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत उत्कृष्ट शेयर, जेष्ठ सदस्य, उत्कृष्ट कृषक सदस्य, उत्कृष्ट कृषक सदस्य लगायत ९३ जना भन्दा बढी सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
०५५ मा स्थापना भएको सस्थामा सहकारी संस्थामा हाल १७ हजार २५० जना सदस्य रहेका छन् । हाल, सहकारी संस्थाले झापा र मोरङ्ग गरी ११ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
गत आषाढ मसान्तसम्ममा शेयर पूँजी १२ करोड २१ लाख ७४ हजार २ सय रुपैया रहेको छ भने बचततर्फ ५२ करोड ७२ लाख ६० हजार ९७ रुपैया रहेको सहकारी सस्थाले जनाएको छ ।
त्यसैगरी, सहकारी संंस्थाले कर्जा लगानीतर्फ ७६ करोड ३५ लाख १ एकहजार ५ सय ७८ रुपैया रहेको र कोष हिसाबतर्फ १४ करोड ४० लाख ४० हजार ८ सय ५६ रुपैया कारोवार गरि २ करोड १७ लाख ४५ हजार ८ सय ६४ रुपैया खुद बचत गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले माईन्युट प्रमाणिकरण बैठमा सस्थाले ईकाईगत साधारण सभाबाट परित भएर आएका प्रस्तावका विषयमा प्रतिनिधीहरुलाई जनाकारी गराउनु भएको थियो ।
सो वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य सहकारी संस्थाका सञ्चालक एबम् पत्रकार उमानाथ भण्डारीले गर्नुभएको थियो ।
