छ्यालोस खालिङ/झिलझिले, २० मंसिर–झापाको झिलझिलेस्थित किरात भवनमा आज सम्पन्न किरात ारई यायोक्खा शिबसताक्षी नगर समितिको १५औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनले मदन बाङदेल राईको नेतृत्वमा २१ सदस्यीय सर्वसम्मत नयाँ समिति गठन गरिएको छ ।

किरात राई यायोक्खा शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङ्गालुङ राईको अध्यक्षतामा शनिबार झिलझिलेस्थित किरात भवनमा सम्पन्न भेलाले मदन वाङदेल राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वाङदेल शिबसताक्षी–११ दुधे निवासी हुन् । उनी साविक सतासीधाम प्रारम्भिक कार्यसमितिमा विभिन्न जिम्मेवारीमा रहेर यायोक्खामा क्रियाशिल छन् ।

यायोक्खा नगर समितिको उपाध्यक्षमा सन्जय राई वाम्बुले (शिबसताक्षी–२ धरमपुर) सह–उपाध्यक्षमा अग्नी राई (शिबसताक्षी–९ माइधार) सचिवमा मिलन राई (शिबसताक्षी–११ झिलझिले) सहसचिवमा अर्जुन चाम्लिङ राई (शिबसताक्षी–१ धरमपुर), सहसचिव पदम राई (शिबसताक्षी–८ झिलझिले) र कोषाध्यक्षमा निरु राई (शिबसताक्षी–८ झिलझिले) सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रेखा राई, मकरवहादुर राई, सरोज राई, टेकवहादुर कोयु राई, इन्द्रजीत राई (विन्दु), इन्जिनियर कृष्ण दुमी राई, सुरज रिङ्गालुङ राई, फौदे राई, सेमिला राई, सम्झाना राई, दिलिप राई, मणीराम राई, लक्ष्मी राई चयन भएका छन् । समितिका दुई सदस्य आगामी वैठकले मनोनयन गरिने अध्यक्ष वाङदेलले हाम्रोसरोकारलाई बताए ।

यायोक्खा झापाका सदस्य प्रकास राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा यायोक्खा झापाका पूर्व जिल्ला सदस्य शानेश्याम राई, कुलुङ सेवा समाज शिबसताक्षी नगरका शिबराज राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको उद्घाटन समारोहमा यायोक्खा शिबसताक्षी नगर समितिका उपाध्यक्ष प्रेम दुमी राईले स्वागत र सचिव मिलन राईले सञ्चालन गरेका थिए ।

किरात राई यायोक्खा, शिबसताक्षी अध्यक्ष मदन बाङदेल राई

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *