नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौँ, २० मंसिर–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफू सभापतिका उम्मेदवार हुने स्पष्ट गरे।

थापाले केही समय छलफल र बहसमै बिते पनि अब छोटो अवधिमै महाधिवेशन सम्पन्न गरी फागुन २१ गते हुने निर्वाचनमा पार्टी सहभागी हुने निर्णय भइसकेको जानकारी दिए।

उनका अनुसार पार्टी महाधिवेशन र आम निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको छ। उनले वर्तमान सरकारले फागुन २१ मै निर्वाचन गराउने विश्वास व्यक्त गरे।

त्यसै गरी, उनले यस पटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताए । सर्लाही क्षेत्र नं। ४ बाट उम्मेदवारीका प्रस्ताव आए पनि पार्टीभित्र प्रायः आफ्नै क्षेत्रबाट प्रतिस्पर्धा गर्ने परम्परा भएकाले आफू हालको निर्वाचन क्षेत्रबाटै उम्मेदवार बन्ने उनले स्पष्ट पारे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *