शिबगञ्ज (शिबसताक्षी), २२ मंसिर–झापाको शिबसताक्षी–४ बोलोचोकमा सञ्चालित बोलोचोक बहुउदेश्यीय सहकारी संस्थाले आज दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
दोस्रो बार्षिक साधारणसभामा बोलोचोक बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा वित्तिय कारोबारतर्फ उत्कृष्ट हुने, जेष्ठ नागरिक सदस्य सम्मान र संस्थागत श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुहुने सदस्य लाई खादा पहिराएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो सहकारी संस्थाका अध्यक्ष डाक्टर धर्मेन्द्रकुमार शाहको अध्यक्षताम र नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा उत्कृष्ट वचततर्फ इन्द्रादेवी चुडाल, सुवोध कुमार शाहलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैं, उत्कृष्ट ऋणीतर्फ महेशसिंह राजपुत, लुपी ताजपुरियालाई सम्मान गरिएको थियो ।
सोही, वार्षिक साधारणसभामा सहकारी संस्थाका सदस्यहरुवीच २४ जना जेष्ठ नागरिकहरुसहित अनुसाशित कर्मचारीतर्फ अनामिका राजवंशी, संस्थामा सक्रिय कर्मचारीतर्फ देवन्त राजवंशी र स्थापनाकालदेखि हालसम्म कार्यरत जुनु कुमारी ताजपुरियालाई कदर–पत्रसहित सम्मान गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष डा.धर्मेन्द्रकुमार शाहले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा गरेका वित्तिय कारोबार र आगामी लक्ष्य, कार्यक्रम र बजेटका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैं, लेखा सुपरिवेक्षण समितिका संयोजक सुनिता कुमारी राजवंंशीले वार्षिक साधारणसभामा लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थामा १ हजार ८ सय ३१ जना शेयर सदस्यहरु छन् ।
वार्षिक साधारणसभामा सामाजिक तथा राजनीतिक व्याक्तित्व भक्तिप्रसाद सिटौला, पूर्व वडाध्यक्ष अधिकचन ताजपुरिया, झापा जिल्ला सहकारी संघका सन्चालक समिती सदस्य तथा गौरिगञ्ज–१ माहाभारा साना किसान कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष तीलकप्रसादसिंह राजवंशी, शिबसताक्षी–१ धरमपुरस्थित नामबिन इग्लिस स्कुलका संस्थापक प्रेम शेर्मा, उद्यमी तथा व्यवसायी सहदेब ताजपुरिया, बाबुलाल राजवंशी लगायत स्थानीय संघसंस्था प्रतिनिधिहरु, व्यापरुी तथा व्यवसायीहरुको उपस्थिती थियो ।
वार्षिक साधारणसभमा बोलोचोक सहकारी संस्थाकी सञ्चालक समिति कोषाध्यक्ष प्रभा ताजपुरियाले स्वागत मन्तव्य र बलाराम ताजपुरियाले सञ्चालन गर्नुभएको थियो ।
