सुरुङ्गा, २२ मंसिर–शिवसताक्षी–११ दुधेस्थित स्थानीय दूधे रंगशालामा सम्पन्न झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट रु ५० लाख ४० हजार १११ रुपैयाँ बचत भएको छ।

गत कार्तिक १७ देखि २४ गतेसम्म गोल्डकप सञ्चालन भएको थियो । सो गोल्डकपमा आम्दानीतर्फ रु १ करोड ३३ लाख ९६ हजार १११ र खर्चतर्फ रु ८३ लाख ५३ हजार भएको छ ।

गोल्डकपमा प्रायोजक एलभिडी तथा सह–प्रायोजक शिबसताक्षी नगरपालिका, सदस्यता शुल्क, समिति–टिम, सहकारी संस्था, चिल्लागढ धार्मीक संस्था, दोमुखा पर्यटन विकास समिति, गोल्डकप सदस्यता, टिकट बिक्री लगायतका शीर्षकबाट संकलन भएको हो।

त्यस्तै, प्रतियोगिता सञ्चालनका क्रममा टिम खर्च, तीनवटा होटलमा खेलाडी व्यवस्थापन, पुरस्कार राशी, खेल मैदान मर्मत, छपाई तथा प्रचार–प्रसार, गाडी भाडा, डेकोरेशन, रेफ्री तथा टेक्निकल टिम, लगायत ३३ शीर्षकमा गरी रु ८३ लाख ५३ हजार खर्च भएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम अहिले गोल्डकपकै खातामा राखिनेछ। आगामी वर्षहरूमा पनि गोल्डकप नियमित रूपमा आयोजना गर्ने लक्ष्यका साथ कम्तीमा १ करोड रुपैयाँको कोष निर्माण गर्ने तयारी भइरहेको छ ।

झापा महिला गोल्डकपमा ८ टिमले सहभागिता जनाएका थिए । फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *