दुर्गा प्रसाईँ

काठमाडौँ, २३ मंसिर–नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि प्रसाईंले आफूहरूले राखेका माग पुरा नभए ‘कसैले नसोचेको जनविद्रोह’ हुने दाबी गरे।

प्रधानमन्त्रीसँग नागरिकको जनजीविकासँग सम्बन्धित मागहरू स्पष्ट रूपमा राखिएको उनले बताएका छन् । प्रधानमन्त्री कार्कीले ती मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने आश्वासन दिएको उनले बताए।

उनले २०६२र६३ को जनआन्दोलनको म्यान्डेट संघीयता वा धर्मनिरपेक्षता ल्याउने नभएको दाबी गर्दै यी विषयमा जनमतसंग्रह हुनुपर्ने माग दोहोर्याए। साथै सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नहुने पनि दाबी गरे।

‘२०६२र६३ को जनआन्दोलनको म्यान्डेट संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन, राजसंस्था फ्याँक्ने पनि थिएन । इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ । चंगाको धागो जहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु।’

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *