काठमाडौँ, २३ मंसिर–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन् ।

सो पार्टीद्वारा सोमबार काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरेका हुन् ।

‘एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर तपाईँहरू आउनुभएको छ भने गइहाल्नुस्, म कसैलाई छाड्ने छैन’, अध्यक्ष राईले भने, ‘मैले एक पैसा मात्रै भ्रष्टाचार गरेछु भने सोही दिन मेरो अन्तिम दिन हुनेछ ।’

स्रोतबिना पनि आमनागरिकलाई परिचालन गरेरै मुलुक समृद्ध बनाउने योजना आफूसँग भएको जिकिर गर्दै उनले आसन्न निर्वाचनमा आफ्नो दललाई मत दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *