काठमाडौं, २५ मंसिर–नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।

आज विजयी हुने टोली फाइनलमा पुग्नेछ।

विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ।

सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो।

फाइनल खेल यही मंसिर २७ गते शनिबार हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *