दमक, २५ मंसिर–दक्षिणी ईलामको चुलाचुली गाउँपालिकामा पर्ने पूर्वकै चर्चित पर्यटकीयस्थल चपेटीका होटल ब्यवसायीहरु संगठित भएका छन् । चुलाचुली–५ पर्यटकियस्थल चपेटीमा होटल ब्यवसाय सञ्चालनगर्दै आएका ब्यबसायीहरु संगठित भएका हुन ।
ब्यवसायीहरुको भेलाले मदन राईको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । गठित समितिको उपाध्यक्षमा रमेश राई, सचिव अन्जिप राई, सह सचिव मौशम राई र कोषाध्यक्ष दिपेन्द्र राई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रज्ञा राई र अजिता लिम्बु चयन भएका जनाइएको छ ।
पर्यटकिय क्षेत्रमा लामो समय देखी होटल ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीहरु ब्यवसायीक हकहित र एकताका लागि संगठित भएको अध्यक्ष राईले बताए ।
होटल ब्यवसायीको हक-अधिकारका साथै ग्राहक तथा उपभोक्ताहरुको सहजतका लागि समेत संगठित भएको चपेटीस्थित दधे पुल नजिकै भनज्याङ रिर्सोट एग्रो प्रालीका सञ्चालक समेत रहनुभएका चेपेटी होटल व्यवसायी संघका सदस्य मौसम राईले बताए ।
