पत्रकार सम्मेलनमा संस्थागत कार्यक्रमका बारेमा जानकारी गराउँदै डिपिएल नेपालकी अध्यक्ष अनु आचार्य भण्डारी । तस्विरः अनिलदेब राई/हाम्रोसरोकार

दमक, २५ मंसिर–डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौं राष्ट्रिय महाविधेश मंसिर २७ गते शनिबार झापाको दमकमा सम्पन्न हुने भएको छ ।

डिपिएल नेपालले दमकस्थित केन्द्रीय कार्यालयमा आज (बिहिबार) पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर आगामी कार्याकालको नयाँ नेतृत्वका लागि निर्वाचनसहितको राष्ट्रिय महाधिवेशन हुने जानकारी गराएको हो । दमकस्थित गोर्खा डिर्पाटमेन्टको सभाहलमा हुने महाधिवेशनका लागि हलको सजावट, अतिथिहरुलाई सत्कार, पाहुना बस्ने होटल, खानपिन लगायतका कार्यहरु भएको छ ।

डिपिएल नेपालकी राष्ट्रिय अध्यक्ष अनु आचार्य भण्डारीका अनुसार मंसिर २७ गते छैठौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अध्यक्ष भण्डारीले महाधिवेशनमा देशभरका २१ वटा शाखाहरु, अन्तराष्टिरूय मुलुकस्थित शाखाबाट विशेष आमन्त्रित, प्रनिनिधि, पर्यवेक्षक र पूर्वअध्यक्षहरुसहित तीनसयको हाराहारीमा सहभागिता रहने बताईन् ।

गतवर्ष बिराटनगरमा सम्पन्न डिपिएल नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट एक वर्षे कार्याकालका लागि अनु आचार्य भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले बद्दो आधुनिकता र प्रविधिको प्रयोगले पठन संस्कृति हराउँदै गएको अवस्थामा डिपिएल नेपालले देशभरका जिल्ला र सहरहरुमा पठन संस्कृतिको विकास गराउँदै आइरहेको बताईन् ।

भण्डारीको अध्यक्षतामा र संस्थापक अध्यक्ष भेषराज न्यौपानको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । सो सम्मेलनमा पत्रकारहरुसंग अध्यक्ष भण्डारीले समाज र मुलुकको समग्र बिकासमा युवाहरुको सहभागिता, सकारात्मक सोच र नेतृत्व हुन जरुरी रहेको बताईन् । भण्डारीले युवा शक्तिलाई देशमै रोजगारको वातबरण निर्माण गराएर सृजनशील समाज निर्माणमा सहभागिता गराउन जोड दिइन् ।

महाविधेशनले एक वर्षे कार्याकालका लािग नयाँ नेतृत्व चयन गर्ने भएको र त्यसका लािग आवश्यक प्रकृयाहरु निर्वाचन समिति मार्फत सञ्चालन भइरहेको अध्यक्ष भण्डारीले जानकारी गराईन् । अध्यक्ष भण्डारीले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुने र एउटै पदमा अन्य आकाक्षी देखिएको अवस्थामा छलफल र संम्बादद्धारा समस्यालाई किनारा लगाउने बताईन् ।

दमकमा पठन संस्कृतिको विकासका लागि भेषराज न्यौपानेको सोच र अग्रसरतामा दमक पब्लिक लाईब्रेरीको स्थापना भएको हो । यसै संस्थालाई पछि डिपिएल नेपालमा रुपान्तरण गर्दै देशका विभिन्न जिल्ला र अन्तराष्ट्रिय मुलुकमासमेत संस्थाको शाखाहरु स्थापना गरिएको हो । डिपिएल नेपाललाई व्यवस्थित र परिमार्जित गराउँदै देशका विभिन्न जिल्लाहरुमा थप शाखाहरु स्थापना भइरहेको छ ।

पत्रकार सम्मेलनमा डिपिएल नेपालकी कोषाध्यक्ष श्रेयश्री थापाले महाधिवेशनमा हुने अनुमानित खर्च, श्रोत, प्रायोजक तथा सहयोग मार्फत आम्दानी हुने गरेको बताईन् । डिपिएल नेपालका महासचिव गुणराज गिरीले पत्रकार सम्मेलनलाई सहजिकरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *