दलबहादुर राना

काठमाडौं, २६ मंसिर–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला उनले आज (शुक्रबार) बिहानै सामाजिक सञ्जालमार्फत् जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्।

पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जनाएका हुन्। उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताएका छन्।

राना २०३५/२०३६ सालदेखि कम्युनिस्ट पार्टीको शुभचिन्तक हुँदै तत्कालीन नेकपा मालेको सम्पर्कमा आएका थिए। त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थालेका हुन्।

एमाले  पोलिटब्युरो सदस्य राना २०७० सालमा छोटो समयका लागि भूमि सुधार तथा व्यवस्था मन्त्री बनेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *