काठमाडौं, २९ मंसिर –नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले आ(आफ्नो पदाधिकारीको नाम टुंगो लगाउने क्रम जारी छ।

ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ुबादलु, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ।

प्रदीप ज्ञवालीले महासचिवमा पनि आकांक्षा देखाएका थिए। तर उनलाई उपाध्यक्षमा सेट गराउने सहमति भएको हो।

महासचिवमा शंकर पोखरेलकै नाम फाइनल भएको छ। उनले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो। ओलीको रोजाइ पनि पोखरेल नै हुन्।

उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ।

सचिवमा नौ जना निर्वाचित हुन्छन्। ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन्।

अर्कातिर पोखरेल समूहमा पदाधिकारी संख्या बढेपछि उम्मेदवारी छान्न खासै धेरै कसरत गर्नुपर्ने देखिँदैन। यो समूहमा पहिले नै आकांक्षी कम थिए। त्यसमाथि पदाधिकारी संख्या बढेपछि व्यवस्थापन गर्न सहज हुने पोखरेल समूहका एक नेताले बताए।

यहाँ महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भइसकेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई फाइनल भइसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *