काठमाण्डौं, २८ मंसिर–नेकपा (एमाले) का तीन शीर्ष नेताहरूले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।
उपाध्यक्षद्वय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडालले पदमा उम्मेदवारी नदिने बताए।

एमाले महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेका बेला, उनीहरूले स्वेच्छिक अवकाश रोजेका हुन्।
काठमाडौँ । नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।

उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला तीन नेताले स्वेच्छिक अवकाश रोजेर रस्साकस्सीमा रमाउनेहरूका लागि उदाहरण बनेका छन् ।

एमालेको जारी महाधिवेशनको बन्दसत्रमा ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने घोषणा गरेका हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *