दमक, २ पुस–झापाको दमक–५ गंंगानगरीस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा यशु ख्रीष्टको जन्मोत्सवमा आज धार्मीक प्रवचतसहित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भएको छ ।

दमकको निकै व्यस्त एशियन सडक र सोही सडकको किनाराकै गंगानगरीस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा बुधबार ख्रीष्टमसमा धार्मीक प्रवचनसहित शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

दमक नगर इसाई समाजले आयोजना गरेको वडादिन ख्रीष्टमस शुभकामना आदनप्रदान तथा सांगीतिक कार्यक्रममा पुराना लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको थियो । गत वर्षको ख्रीष्टमसमा पुराना लोकगायक एलपी जोशीलाई सम्मान गरिएको थियो । दमक फाल्गुनन्द चोक निवासी गायक जोशीको निधन भइसकेको छ ।

रेडियो नेपालमा ३४ वर्ष लामोसमय सेवागरी हाल सेवानिवृत जीवन बिताइरहेको पुराना लोकगायक ताजपुरियालाई नगर उपप्रमुमख तथा कार्यक्रमकी प्रमुख अतिथि रेगिना भट्टराई प्रसाई, कार्यक्रमका अध्यक्ष पाष्टर हेमन्त सुब्बा, कार्यक्रम संयोजक पारष्ट आकाश थुलुङ राईले दोसल्ला ओढाएर नगद रुँपैयासहित सम्मान“पत्रले प्रदान गरेका थिइन् ।

२०१५ मा गौरिगन्जमा जन्मिएका ताजपुरिया रेडियो नेपालमा ३४ वर्षसम्म कार्यरत थिए । लोकगायक ताजपुरिया २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरेका हुन । ताजपुरियाका दर्जनौ लोकगीतहरु रेर्कड भएको छ । त्यसमध्ये…….

”गौरादहको बजारैमा माया हाम्रो बस्यो……….गीत आजसम्म गुञ्जयमान बनेको छ ।

सो कार्यक्रममा गायक पाष्टर आमोस गजमेर, गायक पिन्हास रसाइलीले गीतहरु प्रस्तुत गरेर मनोरञ्जन बनाएका थिए । त्यस्तैं, स्थानीय चर्च मण्डलीहरुले यशु ख्रीष्टप्रती समर्पित गीतमा जातीय साँस्कृतिक र पंरम्परागत भेषभूषासहितका कलाकारहरुले नृत्य प्रस्तुत गरिएको थियो । कोयर गायन झुण्डका संयोजकमा एल्डर सुरज लिम्बूको नेतृत्वमा कलाकारहरुले गीत र नृत्य मार्फत कार्यक्रमलाई संगीतमय बनाएका हुन् ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख भट्टराईले धर्मले मान्छेलाई अनुसाशित बनाउने र मानवताको व्यवहार झल्काउने गर्ने बताईन् । प्रमुख अतिथिसमेत रहनुभएकी नगर उपप्रमुख भट्टराईले ख्रीष्टमसलाई बिश्वभर हर्षोउल्लासका साथ मनाउने गरेको र नेपालमा पनि यसले व्यापकता पाइरहेको बताईन् ।

पोखराबाट दमकमा ख्रीष्टमस मनाउन आउनुभएका इसाई धर्मावलम्वीका अगुवा रेभ डाक्टर शामुएल संग्राम राईले आशिषमय प्रवचन राखेका थिए । कार्यक्रमका प्रमुख बक्तासमेत रहनुभएको डाक्टर राईले वास्तवमा ख्रीष्टमस के हो ? ख्रीष्टमसलाई ठीक अर्थमा बुझ्न सकेका छौं या छैनौं लगायतका विषयमा बिचारहरु राखेका थिए ।

नयाँ दिल्ली भारतबाट बाइबलमा स्नातक, बेलायतबाट पाष्टरीय शास्त्र र इन्डोनेशियाबाट डाक्टररेट हासिल गरेका रेड डा.राईले येशूख्रीष्टको सम्मान र आराधना गर्नुका महत्वका बारेमा प्रष्ट पारेका थिए । डा. राईं मोरङको याङ्गसिलामा जन्मिएर हाल पोखरास्थित कनान बप्तिष्ट चर्चमा सेवारत हुन् ।

बाइबल धर्मशास्त्रमा येशू जन्मनुको उद्देश्य, उहाँले गर्नुभएको आश्चार्यकर्मको उद्देश्य, उहाँ क्रूशमा मर्नु, गाडीनु र तेस्रो दिनमा पुनरुत्थान हुनुको पनि महान् उद्देश्यका बारेमा डाक्टर राईले बोलेका थिए ।

उनले प्रत्येक धर्म र आस्थाको पहिचान जनाउन चाड पर्व आवश्यक पर्ने भएकाले ख्रीष्टमसलाई विशेष उत्सवमय बनाउन जोड दिए । रेड डा.राईले जिवित येशूको जन्मदिवस मनाउन, सारा विश्वका मानवहरूको मुक्तिदाता येशू हुनुहुन्छ भनी सन्देश दिनु नै ख्रीष्टमस मनाइनुपर्ने बताए ।

पाष्टर दावा शेर्पाले प्रार्थनागरी सञ्चालन भएको कार्यक्रममा दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर राम राईले शब्दद्धारा स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देबीप्रसाद (गोपाल) गुरागाई, दमक नगर इसाई समाजका पूर्व अध्यक्षसमेत रहनुभएका अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक पाष्टर आकाश थुलुङ राईले शुभकामना मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा अध्यक्ष प्रकाश बुढाथोकी, डाक्टर सोफिया थुलुङ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देबीप्रसाद (गोपाल) गुरागाई, दमकका पुराना अगुवा रेभ एनडी थुलुङ, मुक्ति किराती थुलुङ, अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष तथा दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई लगायतको उपस्थिति थियो ।

मोरङ उर्लाबारी नगरपालिकाबाट पाष्टर बिनोद धिमाल, इलाम चुलाचुली गाउँपालिकाबाट पाष्टर जीतबहादुर राई, मोरङ रतुवामाई नगरपालिकाबाट पाष्टर रोशन मगर, पथरीशनिश्चरे नगरपालिकाबाट पाष्टर राजकुमार राई, पाष्टर गोपाल राई, कमल गाउँपालिकाबाट पाष्टर प्रताप लोहार, बेलडाँगी इसाई समाजबाट पाष्टर चन्द्र राई, पाष्टर राधाकृष्ण बस्नेत, स्वयंसेवक समितिका इन्चार्ज विमलजंग शंकर,  डेलिया मन्टेश्वरी स्मार्ट स्कुलका सञ्चालक दीपक न्यौपाने लगायतले  कार्यक्रममा सहभागिता जनाएका थिए ।

दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठक र पूर्व सचिव पाष्टर कुमार तामाङले सञ्चालन गरेका कार्यक्रममा दमक नगर इसाई समाजका कोषाध्यक्ष एल्डर हरि राई, पाष्टर डिके बेघा, पाष्टर युवराज गजमेर, पाष्टर सन्ताष रणपहेली, दिदीबहिनी समुहकी अध्यक्ष पारु खापुङ राई लगायत सहभागि थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *