काठमाडौं, ३ पुस–नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान सुरू भएको २२ घन्टापछि बिहीबार बिहान सवा ७ बजे सम्पन्न भएको हो।

पार्टीको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार २ हजार २२७ जनाले मतदान गरेका छन्। २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे।

मतदान सकिएपछि मुचुल्का उठाइएको छ।

दुवैतर्फको प्रतिनिधिहरूबीच सहमतिपछि मतगणना सुरू हुनेछ।

‘मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ’ उपाध्यक्ष पोखरेलले भने।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो ।

मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो।

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्।

५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा। विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।

त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,। यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *