नेकपा (एमाले)का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राई

विराटनगर, ७ पुस–नेकपा (एमाले) का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिनु भएको छ।

आज (सोमबार)  विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमतिअनुसार नै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको बताउनु भएको हो ।

उहांले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने बताउनु भयो ।

त्यस्तै राईले वर्तमान संघीय सरकार निर्वाचन गराउनेभन्दा पनि राजनैतिक दलहरूबीच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए नेकपा एमाले तयार बताउनु भयो ।

संविधानलाई ट्र्याकमा ल्याउनका लागि संसद् पुनर्स्थापना, र्सवपक्षीय सरकार, संविधान संसोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने राईको भनाइ छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *