राजेन्द्र पाण्डे

काठमाडौं, ७ पुस–नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताएका छन्।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्रीहरूले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताए।

अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए। उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताए। उनले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताए।

नेता राजेन्द्र पाण्डेले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो। सरकारले नयाँ नयाँ कुराहरू गर्न शुरु गरे काम नहुने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *