काठमाडौं, ८ पुस–सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आगामी पुस १२ गते सकिने भएको छ ।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि पुस १३/१४ गते समानुपातिक तर्फको बन्दसूची दर्ता गर्ने कार्यक्रम छ । निर्वाचन आयोगका अनुसार बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिन्छ ।

संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने भनेकाले १२ पुससम्म कार्यकाल रहने निर्वाचन आयोगले जनाएको छ ।

संविधानको धारा ९१ (६)  (क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’

यसैगरी, ऐनको दफा २८ (८)  मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *