गोविन ल्वागुन /डुडामारी (शिवसताक्षी), ७ पुस–कवि हर्क खेवा ‘खाम्वेक्सा’को कविता सङ्ग्रह वाहिजो को व्यानरमा सञ्चालित वाहिजो अनलाइन कविता वाचन प्रतियोगिता–२०८२ को नतिजा सार्वजनिक तथा पुरस्कार वितरण भएको छ।

दमकस्थित द लाट्टे आर्ट क्याफेमा शनिबार आयोजित कार्यक्रममा ‘वाहिजो अनलाइन कविता प्रतियोगिता’को नतिजा सार्वजनिक गरिएको हो।

प्रतियोगितामा ताप्लेजुङका लेकाली कान्छा मुकुम प्रथम स्थान हासिल गरे भने दोस्रो स्थान पाँचथर रबिकि प्रीति राना मगर र तेस्रो स्थान तेह्रथुम संङ्ग्रन्तीका सरोज विश्वकर्माले प्राप्त गरे।

यस्तै, सान्त्वना पुरस्कार राज आङ्दङ्बे शिवसताक्षी–७ हाल इजरायल, दिलीप सागर राई उर्लाबारी र बिनिता लिम्बु माइ नगरपालिका घोषित भए । उनीहरुले नगदसहित सम्मानपत्र प्राप्त गरे ।

कबिता प्रतियोगिताका बिजेताहरुले क्रमशः रु २१ हजार, ११ हजार र ६ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैं, सान्त्वना पुरस्कार प्राप्त गर्ने तीन जनालाई रु ३–३ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको कार्यक्रम संयोजक जसकुमार तामाङले जानकारी दिए ।

कवि हर्क खेवाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस प्रतियोगिता २ महिना अघिबाट कार्यक्रम संचालन गरिएको र उक्त प्रतियोगिताको शनिबार नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।

कबि खेवा मानसिक स्वास्थ्य समस्याका कारण आर्थिक अभावमा उपचारमा कठिनाइ भएपछि देश–विदेशबाट आर्थिक सहयोग सङ्कलन गरी धरानस्थित घोपा क्याम्पमा उपचार पश्चात उहाँ हाल घरमै विश्रामरत रहेका छन ।

नेपाल प्रज्ञा प्रष्तिठनका प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताको बिजेताहरुको नामवली निर्णायक मण्डलका प्रमुख प्राज्ञ मुनाराज शेर्माले घोषणा गरेका थिए । प्रतियोगीहरुले आ–आफ्नो कबिता वाहिजो फेसबुक पेजमार्फत प्रसरण गरि सोही आधारमा बिजेताहरु छनौट गरिएको जनाइएको छ ।

प्रतियोगिताको निर्णायकहरु प्राज्ञ मुनाराज सेर्मा, कबिहरु बिमला तुमखेवा र मुक्तान थेबा रहेका थिए ।

कार्यक्रम संयोजक जसकुमार तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सचिव दिलबहादुर लिम्बुले राखेका थिए भने कार्यक्रममाथि पत्रकाल लेखक तथा कलाकार विक्रम बनेमले प्रकाश पार्नुभएको थियो । सो कार्यक्रमको संचालन कबि कलाकार चोमु शेर्पाले गरेका थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *