शिबगन्ज, ११ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका चार जना अभिभावकलाई ‘आदर्श अभिभावक’बाट सम्मान गरिएको छ ।

श्यामदेब ढुंगेल स्मति प्रष्तिठानले गत बुधबार विद्यालयमा एक कार्यक्रम आयोजना गरेर चार जना अभिभावकहरुलार्इं ‘आदर्श अभिभावक’को रुपमा सम्मान गरिएको हो ।

सम्मानित हुने आदर्श अभिभावकहरुमा शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई सम्मानपत्र र जनही नगद २ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलका अनुसार दिवंगत आफ्ना पिता श्यामदेव ढुंगेलको पुन्यतिथि र आफ्नो जन्मदिनको अवसर पारेर आदर्श अभिभावकहरुलाई सम्मान गरिएको हो । पत्रकारिता, साहित्य र समाजिक सेवामा सक्रिय रामप्रसाद ढुंगेलले पिता श्यामदेव ढुंगेलको स्मृतिमा प्रतिष्ठान स्थापना गर्नुभएको हो ।

सुनसरीको इनरुवामा जीवनका लामो समय व्यथित गरेका पिता स्व प्रजापति देव ढुंगेल र माता स्व हरिमाया ढुंगेलका सुपुत्र स्व श्यामदेव ढुंगेलको स्मृतिमा स्थापित स्व श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले जेष्ठ नागरिकको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।

प्रतिष्ठानले समाजमा विध्यमान असल र कर्तव्यनिष्ठ अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको प्रतिष्ठानका संस्थापक संरक्षक ढुंगेलले जानकारी दिनुभयो ।

स्व श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, वहाँका व्यक्तित्वको प्रचार–प्रसार गर्ने, सरल स्वभावको कारण परिवार, सन्तान अनि समाजमा परेको प्रभावको बारेमा नयाँ पुस्तालाई सुसूचित गर्ने र स्व श्यामदेव ढुंगेलको जीवनीमा आधारित एक बृत्तचित्र निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको प्रतिष्ठानले पहिलो प्रयास स्वरुप सम्मान कार्यक्रम गरेको हो ।

स्व श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष पुस ९ गते समाजमा स्व श्यामदेव ढुंगेलजस्ता सरल, इमानदार र आदर्श अभिभावकहरुको पहिचान गरी आदर्श अभिभावक सम्मान पुरस्कर वितरण गर्ने बताइएको छ । आदर्श अभिभावक सम्मान तथा पुरस्कारका लागि झापाको शिवसताक्षी–६ शिबगञ्जको जनआदर्श र सुनसरीको इनरुवास्थित देवकोटा प्रावि र भगवती मावि चयन गरिएको छ ।

उक्त विधालयमा स्व.श्यामदेव ढुंगेलका छोराहरु क्रमशः रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा शुरु गरेकोले पहिलो चरणमा उक्त स्कुलका आदर्श र जिम्मेवार अभिभावकलाई सम्मान प्रदान गरिएको हो ।

शिवसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा आयोजित आदर्श अभिभावक सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको संयोजन विद्यालयका शिषका भक्तिप्रसाद काफ्लेले गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलका अनुसार विध्यालयका प्रअ तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा र वडाध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *