दमक, १० पुस–संगीता राई तुम्बापो दमकमा व्यवसायसंगै सामाजिक सेवामुलक कार्यहरुमा सक्रिय हुँदै आइरहेकी एउटी युवा/महिला नेतृत्व हुन् ।
संगीता दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य हुन् । संघको निर्वाचन (१८ पुस) मा महिला उपाध्यक्षको पदमा संगीताले उम्मेद्वारी दिएकी छन् । उनले दमक उद्योग बाणिज्य संघ र अन्य सामाजिक संघसंस्थाहरुमा आफ्नो उर्जा, सक्रियता र सफल नेतृत्व गर्दै छन् ।
उद्योगी,व्यवसायीहरु माझ चीरपरिचित युवा महिला व्यवसायी संगीता राई तुम्बापाले निर्वाचन प्रचार–प्रसारमा लोकप्रियता बटुल्न सफल भएकी छन् । संगीताले दमकमा रेडिमेट कपडाको इन स्टाइल फेसन वेयर नामक व्यवसाय गर्दै आइरहेकी छन् । उनी लायन्स क्लव अफ हेल्पिङ हर्टकी अध्यक्ष हुन् ।
गोपाल गुरागाई नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेकी संगीताले सबै ब्यवसायीका साझा नेतृत्व बनाउदैं दमकको ब्यवसायिक प्रबद्र्धनका लागि योगदान दिन आफूले उम्मेदवारी दिएकी बताउँछिन् ।
‘उपाध्यक्षमा महिला, भोट हालौ पहिला’ भन्ने सन्देसका साथ आफनो सन्देस सुनाउदै उनले उद्योगी, व्यवसायीहरुको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएकी बताईन् । सदस्य भएर जति काम गर्न सके अव महिला उपाध्यक्ष भएर काम गर्न इच्छा भएकाले पनि आफू उम्मेदवार बनेकी उनको भनाई छ ।
पद ओगट्न होइन, पद अनुसार यहाँका उद्योगी व्यवसायीहरुको हरेक मुद्धामा काम गरेर देखाउन पनि आफू निर्वाचनमा होमिएको उम्मेदवार संगीता बताउँछिन् ।
संघका अध्यक्ष गोपाल गुरागाईको नेतृत्वमा उम्मेदवार बनेकी उनले आम व्यवसायीहरुका माझ पुग्दा निकै माया, सद्भाव पाएकी बताईन् । भन्छिन् –‘यहाँका ब्यवसायीका हरेक समस्यासंग जुध्न, दुःख सुखका सारथी भएर काम गर्न आफनो जिम्मेवारीलाई इमान्दारिताका साथ सम्हाल्ने छु ।’
दमकका उद्योगी व्यवसायीहरुका दुःख, सुखमा निरन्तर काम गरिआएको उल्लेख गर्दे उनले दमकको व्यापार, उद्योग र सेवाक्षेत्रलाई सदस्यमैत्री र सवल बनाउन खाँचो रहेकोमा यसमा क्रियाशील हुने विचार राख्छिन् ।
दमकका सवै उद्योगी, व्यवसायीहरुको साथ र सहयोग पाउनेमा विश्वस्त रहेको भन्दै संगीताले सवैको सहयोगका लागि आग्रह समेत गरेकी छन् ।

