पाडाजँगी (कमल), ११ पुस–झापाको कमल गाउँपालिका-५ मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले रेडक्रसका जन्मदाता जिन हेनरी डुनान्टको प्रतिमा राख्ने भएको छ । रेडक्रस परिषरमा हेनरी डुनान्टको अर्धकदको प्रतिमा राख्ने निर्णय भएको उपशाखाका सभापति चन्द्र साहले बताए ।

उपशाखाको सम्पन्न कार्यसमितिको बैठकले माघ दोश्रो सातासम्म सम्पन्न गर्ने गरि प्रतिमा राख्ने निर्णय भएको छ । प्रतिमा निर्माण गर्न सभापति साहको संयोजकत्वमा ५ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

गठित समितिको सदस्यहरुमा सचिव पारषमणि राई, कोषाध्यक्ष प्रमोद दाहाल, केशव तिम्सीना र बिमलादेवी भट्टराई रहेका छन् । अर्धकदको उक्त प्रतिमा निर्माण गर्न करिव १ लाख ५० हजार लाग्ने अनुमान गरिएको उपसचिव विष्णु सुब्बाले बताएका छन् ।

प्रतिमा रेडक्रस सदस्य तथा शुभेच्छुकहरुको सहयोगबाट निर्माण गरिने बताईएको छ । प्रतिमा बनाउन सहयोग गर्ने दाताहरुको विवरण समेत शिलालेखमा राखिने सभापति साहले बताए ।

जिल्लाकै कान्छो उपशाखाले दैनिक कार्यालय सञ्चालनका लागि भर्खरै सुविधासम्पन्न संरचनाका साथ भवन बनाइएका छन् । गाउँपालिका तथा स्थानीयहरुबाट करिव एक करोडको लागतमा दुई तले भवन निर्माण गरिएका छन् ।

घेरोबरासहितको रेडक्रस भवनमा रेडक्रस जन्मदाता डुनान्टको करिव ५ फिट अग्लो प्रतिमा बनिने र त्यसले रेडक्रसको शोभा बढ्ने अपेक्षा गरिएको उपशाखाकी उपसभापति नरमाया तामाङले बताईन् ।

यसैगरि, उपशाखाले रेडक्रस अभियान सञ्चालनसंगै गत बैशाखदेखि विपन्नका लागि सहुलियत रुपले गुणस्तरिय ल्याव सेवा समेत उपलव्ध गराउदै आएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *