धरमपुर, ११ पुस–झापाको धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयले आज भब्य समारोहवीच सेवा निवृत हुनुहुने शिक्षक अकलबहादुर भू्जेललाई औपचारिक बिदाई गरिएको छ ।
शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा ३४ वर्ष ६ महिनाको शिक्षण पेशामा रहेर भूजेलले पुस ३ गते बिहिबारदेखि अनिबार्य अवकाश पाएका थिए ।
शुक्रबार, विद्यालय परिसरमा आयोजित भब्य समरोहमा शिक्षक भूजेललाई कदरपत्रसहित दोसल्ला ओढाएर बिदाई गरिएको हो । शिक्ष्क भूजेलले ०४८ असार २ गतेदेखि ०५० भाद्र ८ गतेसम्म अस्थायी सेवा र ०५० भाद्र ९ गतेदेखि स्थायी सेवामा प्रवेश गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निहाङ राईको अध्यक्षतामा र वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सेवा निवृत भुजेललाई बिदाई गरिएको थियो । भुजेललाई विद्यालयमा सार्वजनिक शिक्षा क्षेत्रको शिक्षण पेशामा अविच्छिन्न रुपमा ३४ वर्षे लामो सेवा गर्नुभएको कदरपत्रमा उल्लेख गरिएको छ ।
सो विदाई समारोहमा भुजेललाई प्रदान गरिने कदरपत्र वाचन विद्यालयका शिक्षक पूर्णलाल राजवंशीले गरेका थिए । सो कदरपत्रमा जीवनको उर्वरसमय शिक्षण पेशामा समर्पण गरेका भुजेलले इमान्दार, अनुशासन, कुशल नेतृत्व, कार्यनिष्ठा, विद्यार्थीप्रति अटुटमाया र विद्यालय, विद्यार्थी, अभिभावक र समुदायका लागि प्रेरणाको श्रोत बन्नुभएको उल्लेख छ ।
त्यस्तैं, विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र सामाजिक क्षेत्रको विकासमा शिक्षका भुजेलले देखाउनुभएको योगदानको चर्चा गरिएको छ । प्राथमिक विद्यालयका द्धितीय शिक्षक भएर काम गरिसकेका भुजेलले ०५७ श्रावण १ गतेदेखि विद्यालयको प्राथमिक तहको भएर योगदान गरिसकेका छन् ।
सो कार्यक्रममा वडाध्यक्ष तथा प्रमुख अतिथि लक्ष्मीप्रसाद चेम्जोङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सामाजिक अगुवा चन्द्रवीर नेम्बाङ, पूर्व प्रधानध्यापक भवानी नेपाल, प्रधानध्यापक खगेन्द्र लम्जेलले शिक्षक भुजेललाई सेवा निवृत जीवन सामाजिक सेवामा समर्पित गर्न सुझाएका थिए ।
शिक्षक प्रकास सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका सहयाक प्रधानध्यापक कुमार खतिवडाले सञ्चालन गर्नुभएको थियो ।

