नबीन कुमार अग्रवाल

नबीन कुमार अग्रवाल दमकमा चीरपरिचित नाम हो । उनी, दमकमा एक जना उद्यमी व्यवसयाीले मात्रै होइन, अरु धेरै क्षेत्रहरुको संस्थागत नेतृत्व र जिम्मेवारीले पनि परिचित छन् ।

सरल, सहज, सहयोगी व्यवहार र सकारात्मक विचार भएका नबीनको अर्को नाम र परिचय हो । व्यापार र व्यवसाय अलवा समाज सेवाप्रती हुरुक्क हुने नबीनले दमक उद्योग बाणिज्य संघको पुस १८ गते शुक्रबार हुने निर्वाचनमा द्धितीया उपाध्यक्ष पदमा उम्मेद्वार दिएका छन् ।

यसअघि, नबीनले दमक उद्योग बाणिज्य संघमा दुई पटक आफ्नो उपस्थिति जनाइसकेका छन् । ०७३–०७६ मा राजेन्द्र ढकालको नेतृत्वमा संघको कार्यसमिति सदस्य र ०७६–०७९ मा गोकुल श्रेष्ठको नेतृत्वमा नबीनले कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । त्यसवेला उनी सर्वाधिक मतसहित संघमा बिजयी भएका हुन् ।

श्री बालाजी स्टोर्स र नबीन टेडर्सका सञ्चालक नबीन कुमार अग्रवालले दमकमा समाजिक संस्थामासमेत कुशल नेतृत्व गर्दै आइरहेका छन् । उनकै सक्रियता र पहलमा लायन्स क्लब अफ गरिमा स्थापना भएको हो । सो क्लबका उनी संस्थापक अध्यक्ष हुन् ।

पदका लागि होइन, व्यापार व्यवसायीहरुको समस्यामा काम गर्नका लागि उम्मेद्वारी दिएको नबीनले बताए । उनले दमक उद्योग बाणिज्य संघको निर्वाचन जितेर जाने तर यहाँका व्यापार व्यवसायको बारेमा बोल्न नसक्ने, समस्या र मुद्धामा अनबिज्ञ हुने प्रवृतीविरुद्ध आफुले उम्मेद्वारी दिएको बताए ।

दमक नगरीमा सञ्चालित उद्योग तथा व्यवसायका समस्या र व्यापार व्यवसायीको पीडालाई राम्रोसंग बुझेको बताउँदै नबीनले भने–’पहिल्यै दुईपटक संघमा बसेर काम गरिसकेको र यसपटक पनि काम गर्ने अवसर दिनुहोस् ।’

म हिजोपनि संघमा आफ्नो जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गरेको र आगामी दिनमा अझ बढी सशक्त र सक्रियता बन्ने प्रतिबद्धता गर्दछु । उनले दमकको उद्योग, व्यापार, व्यवसायलाई सवल र अब्बल दर्जामा पुर्याउने कार्यमा जुट्ने बताए ।

यसअघि, संघमा दुई पटकको अनुभव बटुलिसकेका नबीनकुमार अग्रवालले यसपटक उद्यमी व्यवसायीको मन जित्न सफल भएका छन् । दमकका उद्योगी तथा व्यवसायीहरुवीच प्रिय नबीनले उम्मेद्वारी दर्ता गरेसंगै निर्वाचन लक्षित भेटघाटलाई तीब्र बनाउने भएका छन् ।

दमक मारवाडी सेवा समाज सचिव, दमक मारवाडी युवा समाजका पूर्वअध्यक्ष हुनूः नबीन । त्यस्तैं, उनी दमक जेसीजमा लामोसमय रहेर काम गरेका छन् ।

नबीनले निर्वाचनमा दमकका पुराना र अग्रज उद्यमी तथा व्यवसायीदेखि समकालीन र नयाँ पुस्ताका उद्योगी र व्यवसायीहरुको साथ अनि सहयोग पाउने आशा गरे । उनले निर्वाचनमा भारी मतसहित बिजय गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुमाझ आग्रहसमेत गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *