हर्कराज राई (हर्क साम्पाङ)

काठमाडौं, १३ पुस–धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिप्रति कटाक्ष गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले ‘सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने’ भन्दै कटाक्ष गरेका हुन् ।

रवि–बालेन सहमतिको विरोधमा उनले आधा घण्टाको बीचमा दुई वटा स्ट्याटस लेखेका छन् भने भिडिओ सन्देश समेत जारी गरेका छन् ।

उनले बालेनप्रति लक्षित गर्दै जनतामा जान साहस नहुनेले प्रधानमन्त्री हुने सपना देखेको भन्दै व्यंग्य गरेका छन् ।

‘हाहा……. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ,’ बालेनप्रति लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फटाहाहरू……….. सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे १’

अर्को स्टाटसमा उनले रवि र बालेनको सहमतिलाई फेक भन्दै मिडिया ट्रायल रोक्न भनेका छन्।

साम्पाङले लेखेका छन्, ‘हामी नेपाली जनता ३ करोड नेपाली जनतासँग मात्रै मिल्छौँ १ अरु विदेशी दलाली गरेर आउने कुनै पनि पार्टीहरूसँग मिल्दैनौँ। स्टप फेक मिडिया ट्रायल !’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *