क्याम्पा बजार (कमल), १३ पुस–बढ्दो शीतलहरसंगै ग्रामिण क्षेत्रका बालबालिकाहरुलाई पठनपाठनका लागि विद्यालयमा नियमित आवतजावत गर्न समस्या भएको छ ।

शीतलहर बढेपछि सामुदायिक विद्यालयमा नियमित आउने विद्यार्थीहरुको संख्या ह्वातै घटदै जान्छ । दैनिक ज्यालामजदुरी गरेर जीविकापार्जन गर्ने अभिभावकले आफ्ना नानीबाबूका लागि हिउँदे न्यानो कपडा अभावमा पठनपाठन नियमित हुन नसकेको जानकारहरु बताउँछन् ।

यसैवीच, झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयमा सा–साना विद्यार्थीहरुलाई न्यानो कपाडा वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालका अनुसार यसै विद्यालयमा अध्ययन गरेर अध्यापन (शिक्षण) समेत गर्नुभएका बन्धुकुमार निरौलाले हिउँदको चिसो मौसममा ९१ जना बालबालिकाहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेका हुन् ।

मोरङको उर्लाबारीमा व्यवसायीक क्षेत्रसंगै सामाजिक सेवामा समर्पित मनकारी निरौलाले आज (आइतबार( विद्यालयमा एक कार्यक्रमवीच ९३ जना बालबालिकाहरुलाई कपडा वितरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष बरालले हाम्रोसरोकारलाई जानकारी दिए ।

जीवन बिताइरहेका बन्धुकमार निरौलाले आज आफुले बाल्यकालमा अध्ययन गरेर सोही विद्यालयमा अध्यापनसमेत गरेका विद्यालयका कक्षा–१ देखि ३ सम्मका ९३ जना विद्यार्थीहरुलाई न्यानो कपाडा वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर बरालको अध्यक्षता र कमल–२ का वडाध्यक्ष अशोक सुब्बाको प्रमुख आतिथ्यतामा पूर्व विद्यार्थी तथा पूर्व शिक्षका निरौलासहित परिवारजनले विद्यार्थीहरुलाई कपडा वितरण गरेका थिए ।

अध्यक्ष बरालले कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत ९१ जना विद्यार्थीहरुलाई स्वीटर बितरण गरिएको बताए । विद्यार्थीहरुलाई न्यानो कपडा वितरणपछि विद्यालयप्रती स्नेह र सद्भावसहित कपडा वितरण गर्नुहुने पूर्व विद्यार्थी तथा पूर्व शिक्षक बन्धुकुमार निरौलासहित परिवारजनलाई अध्यक्ष बरालले आभार तथा धन्यावद व्यक्त गर्नुभयो ।

त्यस्तैं, वडाध्यक्ष सुब्बाले आफ्नो विद्यालयलाई सम्झेर विद्यालय र नानीबाबूको स्वास्थ्यलाई मनन् गरेर सहयोग गर्नुहुने बन्धुकुमार निरौलालाई धन्यवाद दिए ।

विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले सहयोगी, मिलनशार र मनकारी कलम मदन–आश्रित माध्यमिक विद्यालकया पूर्व विद्यार्थी तथा पूर्व शिक्षक निरौलालाई बधाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *