काठमाडौँ, १४ पुस–नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले) सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन्।
सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताए।
नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने पनि बताए।

