काठमाडौं, १५ पुस–धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफूलाई मनमा लागेको कुरा तुरुन्तै सामाजिक सञ्जालमा व्यक्त गर्छन् ।

खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध खरो रुपमा प्रस्तुत भइरहने साम्पाङ, रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ लगायत विरुद्ध पनि जाइलागिरहन्छन् ।

रवि, बालेन र कुलमान मिल्ने चर्चा हुँदादेखि नै यसको विरोध गर्दै आएका हर्कले उनीहरूबीच एकता भएपछि झन् सयौँ स्ट्याटस र भिडिओ बनाएर कडा आलोचना गरेका छन् ।

पछिल्लो स्ट्याटसमा उनले हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भएका कुलमानविरुद्ध ‘आगो’ ओकलेका छन् ।

उनले लेखेका छन्, ‘उज्यालो नेपाल पोइला गयो रे हो ? यस्ताहरुले देशको नेतृत्व गर्ने रे ? एक महिनासम्म नि आफ्नो विचारमा टिक्न नसक्नेहरूलाई भोट होइन बहिष्कार गर्नु पर्छ है नेपाली हो १’

सोमबार मात्रै कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *