दमक, १५ पुस–’जीवन बीमा’ व्यवसाय क्षेत्रमा छोटौसमयमै अत्याधिक ठूलो व्यवसाय गर्ने आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको दमक शाखाबाट एक जना अभिकर्ताले ‘मिलियन डलर राउण्ड टेवल’ (एमडिआरटी )–२०२६ मा छनौट हुन सफल भएकी छन् ।

आफ्नो पेशाप्रती जिम्मेवार कुशल–नेतृत्व, परिश्रम, मिहेनत, धर्यता र प्रतिवद्धतासहित अघिबढ्ने हो भने छोटो समयमै महत्वपूर्ण सफलता हात लाग्छ भन्ने गतिलो उद्धाहरण बनेर प्रस्तुत भएकी छन्ः सबिना पौडेल कोइराला ।

सविना पौडेल कोइरालाले आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाबाट ‘एमडिआरटी–२०२६’ का लागि नाम लेखाउन सफल बनेकी हुन् । राईले कोरानापछि समाजमा देखिएको अर्थ सुधार र विश्वभर आर्थिक मन्दीको प्रभावमा पनि सविनाको सफलताले थप उत्साह बढेको र थप सफलताको शुभकामना व्यक्त गरिन् ।

सो कम्पनीका दमक शाखाकी सिनियर लिडर मनु साङपाङ राईका अनुसार सविना पौडेल कोइरालाले वीमा व्यवसायमा देखाउनुभएको उत्साहजन सक्रियता, असल र कुशल नेतृत्वको कारण यो महत्वपूर्ण उपलब्क्ी हात पार्नुभएको हो ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनीमा सविनाले व्प्याक्तिगत व्यवसायतर्फ प्रिमियम, व्यवसायीक टार्गेट, र उत्कृष्ट कारोबार गरेकी थिइन् ।

दमक शाखाकी सिनियर लिडर साङपाङको अपलाईन मार्फत वीमा व्यवसायमा क्रियाशिल भइरहेकी सविनाले यो सफलता हात पार्न आफ्ना श्रीमान वीरेन्द्र कोइराला (प्रहरी निरीक्षक, नेपाल प्रहरी) को बिशेष साथ र सहयोगबाट भएको हो ।

त्यस्तैं, दमकस्थित आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालय प्रमुख निमा शेर्पाको सहजिकरण, प्रत्यक्ष र अप्रत्यक्ष होसल्ला, प्रेरणा र साथ–सहयोगले समेत सविनाले छोटो समयमै मिलियन डलर राउण्ड टेवल (एमडिआरटी)–२०२६ टनौट भएकी सिनियर लिडर राईले बताइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *