दमक, १५ पुस–झापाको कमल गाउँपालिका वडा नम्बर २ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गर्नुका साथै विभिन्न क्षेत्रमा विद्यालयलाई योगदान गर्नुहुने दानवीर दाताहरु, विद्यार्थीहरुलाई अभिनन्दन र सम्मान गरिएको छ ।

सोमबार, विद्यालय परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ज्योती स्मारिकाको विमोचन गर्नुका साथै दानवीर र विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।
सोहि अवसरमा शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने १८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो र त्यस्तै स्मारिका प्रकाशनका लागी १० हजार रुपैया भन्दा माथि सहयोग गर्ने दाताहरुलाई समेत प्रंशसा पत्र प्रदान गरिएको थियो ।

स्मारिकाको साहित्यकार दीपक सुवेदीले समीक्षात्मक टिप्पणी गरेका थिए भने स्मारिकाका सम्पादक समिर बाबु कट्टेलले स्मारिकाको विषयमा बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक नारायण बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

