दमक, १५ पुस–नेपाल राष्ट्रिय भुपु सैनिक संघ क्षेत्रीय समिति दमकले झापाको कमल–२ भुत्लुङ्गस्थित ज्योति माध्यमिक विद्यालयका अध्यक्ष तिलक खड्कालाई सम्मान गरेको छ ।

संघका सदस्य समेत रहेका खड्काले लामोसमयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा पुरयाँएको योगदानको कदर गर्दे सम्मान गरिएको संघका क्षेत्रीय सचिव बलराम धिमालले बताए ।

अध्यक्ष खड्कालाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, तोपगाछीस्थित नेपाली सैनिक २१ नम्बर बाहिनीका बाहिनीपति मणीकुमार श्रेष्ठ, संघका अध्यक्ष गोपाल बहादुर निरौला लगायतले दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए ।

सोहि अवसरमा नेपाल राष्ट्रिय भुपु सैनिक संघले विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १० जना विद्यार्थीलाई जाडो कपडा तथा खेलकुद सामाग्रीहरु समेत प्रदान ग।िएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *