डा.तोसिमा कार्की

काठमाडौं, १६ पुस–राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद डा.तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन्।

प्राथमिक निर्वाचनमा अगाडि आएकाहरू समानुपातिक सूचीमा तल परेको टिप्पणी भइरहेका बेला डा। कार्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन्। उनले यस्तो क्रियाकलाप पुराना पार्टीभन्दा फरक नभएको पनि प्रतिक्रिया दिएकी छन्।

‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधै पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राइमरीको भोटिङमा होस् या इभालुएसनमा। पार्टीको महाधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा१ त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने। यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन,’ उनले भनेकी छन्।

पार्टीको प्रमुख पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्नुपर्ने पनि उनको धारणा छ।

‘अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरू किन डराउनुभएकोरु कति असुरक्षित महसुस गर्नुभएकोरु सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपले निषेध गरिनुपर्छ,’ उनले भनेकी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *