–बासुदेब काफ्ले
सह-प्राध्यापकः दमक बहुमुखी क्याम्पस

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँका विविध संस्कृति र परम्परामध्ये ढाका टोपी नेपाली राष्ट्रिय पहिचान र मौलिकता को जिवन्त चिनारी मानिन्छ। यही पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष जनवरी १ मा राष्ट्रिय टोपी दिवस मनाइन्छ।

विशेष गरी दौरासुरुवालसँग लगाइने ढाका टोपी विभिन्न राष्ट्रिय पर्बहरु, सास्कृतिक कार्यक्रम, औपचारिक समारोह र विशेष अबसरहरुमा लगाउने गरिन्छ।

ढाका टोपी नेपाली इतिहास र संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। परम्परागत ढाका कपडाबाट बनेको यो टोपी मा रंगिन धागो प्रयोग गरी आकर्षक ज्यामितिय र परम्परागत नक्साहरु राखी बुन्ने गरिन्छ । विशेष गरी दौरासुरुवालसँग लगाइने ढाका टोपी विभिन्न राष्ट्रिय पर्बहरु, सास्कृतिक कार्यक्रम, औपचारिक समारोह र विशेष अबसरहरुमा लगाउने गरिन्छ।

जसका कारण नेपालीपनलाइ बिश्वसामु पुर्याउन महत्वपुर्ण भुमिका खेलेको छ।पूर्वी नेपालका तेह्रथुम, धनकुटा, भोजपुर लगायतका क्षेत्रमा ढाका कपडा बुनाइको परम्परा विकसित भएको पाइन्छ। हातले करघामा बुनेको ढाका कपडा नेपाली सीप, मेहनत र मौलिकताको उत्कृष्ट उदाहरण हो।

वि.सं. २०७१ सालदेखि नागरिक तहको पहलमा राष्ट्रिय टोपी दिवस मनाउन थालियो।

समयक्रममा आधुनिक जीवनशैली र विदेशी फेसनको प्रभाव बढ्दै जाँदा ढाका टोपीको प्रयोग कम हुँदै गयो। यही अवस्थालाई ध्यानमा राखी वि.सं. २०७१ सालदेखि नागरिक तहको पहलमा राष्ट्रिय टोपी दिवस मनाउन थालियो।

सामाजिक संजालमा अभियानको रुपमा मनाउन शुरु गरिएको यो दिवस हाल राष्ट्रिय पर्बको रुपमा मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय नयाँ वर्षकै दिन यो दिवस मनाइनुका कारण स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्नु हो।

नयाँ पुस्तामा नेपाली संस्कृति र पहिचानप्रति गर्वको भावना विकास गर्न यस दिवसले महत्वपूर्ण भूमिका खेल्दछ।

राष्ट्रिय टोपी दिवसको मुख्य उद्देश्य ढाका टोपीलाई नेपाली स्वाभिमान र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित गर्नु हो। यसले परम्परागत हस्तकला संरक्षणमा सहयोग पुर्‍याउनुका साथै स्थानीय कारीगर र घरेलु उद्योगलाई प्रोत्साहन गर्दछ। साथै, नयाँ पुस्तामा नेपाली संस्कृति र पहिचानप्रति गर्वको भावना विकास गर्न यस दिवसले महत्वपूर्ण भूमिका खेल्दछ।

यस अवसरमा विद्यालय, कलेज, कार्यालय तथा सार्वजनिक स्थानहरूमा ढाका टोपी लगाएर विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली र सचेतनामूलक गतिविधिहरू आयोजना गर्नुका साथै सामाजिक सञ्जालमार्फत पनि ढाका टोपीसहितका सन्देश र तस्बिरहरू साझा गरी नेपालीपनलाई विश्वसामु चिनाउने प्रयास गरिन्छ।

अन्त्यमा , राष्ट्रिय टोपी दिवस केवल एउटा सांस्कृतिक उत्सव मात्र नभई नेपाली पहिचान, इतिहास र स्वाभिमान जोगाउने अभियान हो। ढाका टोपीको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबै नेपालीको साझा दायित्व हो।

लेखकजीवनचक्र समाज नेपालका सदस्य हुन् भने नेपाल दुर्लभ रक्त समुदाय झापाका संयोजकसमेत हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *