महिला उपाध्यक्ष पदकी उम्मेद्वार सुष्मा (न्यौपाने) निरौला

दमकमा सुष्मा (न्यौपाने) निरौलाको परिचय गराइरहनु पर्दैन । निरौला दमकका व्यवसायीहरुवीचमा मात्रे नभएर सेवामुलक सामाजिक गतिविधिहरुमा पनि निकै सक्रिय र परिचित हुनुहुन्छ ।

सुष्मा (न्यौपाने) निरौला दमक–६ मा निरौला सुनचाँदी पसलकी सञ्चालिका हुन् । दमक उद्योग बाणिज्य सघको (१८ पुस) शुक्रबार हुन लागिरहेको निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेद्वार दिनुभएको छ ।

हालः दमक उद्योग बाणिज्य संघका महिला उपाध्यक्षको भूमिका हुनुहुन्छ । यसअघि, संघको निर्वाचनमा लोकप्रिय मतसहित बिजयी बन्नुभएकी निरौलाले यसपटक महिला उपाध्यक्ष पदमा उम्मेद्वार दिनुभएको हो ।

यसअघिनै, संघको महिला उपाध्यक्षमा रहेर दमकको उद्यमी तथा व्यवसायीको पीरमार्का, पीडादेखि सुख, खुशी र प्रगतीको पक्षमा प्रत्यक्ष रुपमा काम गरिसक्नुभएको अनुभवले यसपटक फेरी निर्वाचनमा बिजयी हुनेमा उनी आशावादी छन ।

आजको आधूनिक दमक नगर निर्माणमा यहाँका उद्योगी तथा व्यवसायीहरुको योगदान प्रसशंनीय छ । दमकको विकास, समृद्धि र परिवर्तनमा उद्यमी तथा व्यवसायीहरुको अथक परिश्रम, मिहेनत, लगनशिलता, गतिशिलताले संम्भव भएको हो । विभिद खालका उद्योग व्यवसायहरुमध्ये सुनचाँदी व्यवसाय दमकमा यस्तै विशेषमा पर्दछ ।

निरौला परिवारले दमकमा ५० वर्ष अघिदेखि सुनचाँदी व्यवसाय गर्दै आइरहनुभएको छ । स्वर्गीय बुबा तारानाथ निरौला र स्वर्गीय आमा पदमकुमारी निरौला सुरु गर्नुभएको व्यवसायलाई निरौलाले निरन्तरता दिर्दैआइरहनुभएको हो ।

तीन पुस्तादेखि सुनचाँदी व्यवसायलाई निरन्तरता दिँदै आइरहनुभएकी सुष्मा निरौलाले पुस १८ गते शुक्रबार दमक उद्योग बाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्ष पदका लागि दमकका सम्पूर्ण व्यवसायीहरुले मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभएको छ ।

निर्वाचन प्रचार–प्रसारको क्रममा दमकका व्यवसायीहरुवीच माया, सदभाव, हौसल्ला पाएकी निरौलाले दमकका उद्योगी व्यवसायीहरुको पक्षमा फेरी एकपटक काम गर्ने अवसर प्रदान गर्नका लागि मतदान गरेर बिजय गराउन अपिलसमेत गर्नुभएको छ । निरौला भन्छिन् –‘यहाँका ब्यवसायीका हरेक समस्यासंग जुध्न, दुःख सुखका सारथी भएर काम गर्न आफनो जिम्मेवारीलाई इमान्दारिताका साथ सम्हाल्ने छु ।’

२०३५ असार १६ गते भोजपुरको बोखिममा निरौलाको जन्म भएको हो । पिता कृष्णबहादुर न्यौपाने र माता धनमाया न्यौपानेको कोखबाट जन्मनुभएकी निरौला २०५८ सालदेखि निरन्तर व्यवसायमा सक्रिय रहँदै आउनुभएको छ।

सरल जीवनशैली, इमान्दार व्यापार र सेवाभावले उनी ग्राहक तथा व्यवसायी समुदायमा समान रूपमा सम्मानित छिन्।

व्यवसायसँगै सामाजिक र संस्थागत नेतृत्वमा पनि सुष्मा निरौला सक्रिय छिन्। उनी आईटिएफ तेक्वान्दो संघको उपाध्यक्ष, बुद्धि चिल्ड्रेन दमक नगर समितिको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको सल्लाहकार समिति सदस्य, तथा दमक उद्योग वाणिज्य संघको इतिहासमै पहिलो महिला उपाध्यक्ष बन्न सफल भएकी हुन्।

दमक उद्योग वाणिज्य संघको नेतृत्वमा महिलाको सहभागिता सशक्त बनाउने भूमिकामा रहेकी निरौला आगामी दिनमा संघको अध्यक्ष पदसम्म पुग्ने लक्ष्यसहित अघि बढिरहेकी छन्। उनका योजना व्यवसायी हित, महिला उद्यमशीलता प्रवर्द्धन र दमकको समग्र आर्थिक विकाससँग जोडिएका छन्।

संघर्ष, निरन्तरता र सेवाभावको संयोजन बनेकी सुष्मा निरौला दमक मात्र होइन, झापाकै महिला व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको यात्रा बताउँछ—’इमान्दार मेहनत र स्पष्ट लक्ष्य भए सफलता अवश्य सम्भव छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *